लोकदर्शन रेग्मी बेलायतको राजदूतमा सिफारिस

काठमाडौं । मुख्यसचिव लोकदर्शन रेग्मी बेलायतका लागि नेपली राजदूतमा सिफारिस भएका छन् ।

मन्त्रिपरिषद्ले मुख्य सचिवबाट राजीनामा दिएका रेग्मीलाई बेलायतका लागि राजदूतमा सिफारिस गरेको हो ।

कार्तिकमा कार्यकाल सकिने रेग्मीले राजदूत बन्ने निश्चित भएसँगै आजै बिहीबार राजीनामा दिएका थिए ।

सरकारले मुख्य सचिवमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीलाई नियुक्त गरेको छ ।

प्रतिक्रिया