मुख्यसचिव रेग्मीद्वारा राजीनामा

काठमाडौं । मुख्यसचिव लोकदर्शन रेग्मीले राजीनामा दिएका छन् ।

कार्यकाल सकिन केही दिन बाँकी हुँदा उनले राजीनामा दिएका हुन् । उनको राजीनामा स्वीकृत भइसकेको छ ।

अब सचिवहरु शंकरदास वैरागी, मोहनकृष्ण सापकोटा र केदारबहादुर अधिकारी मुख्य सचिव हुने लाइनमा छन् ।

आज बसिरहेको मन्त्रिपरिषद् बैठकले मुख्य सचिव नियुक्तिबारे निर्णय गर्ने पनि बताइएको छ ।

प्रतिक्रिया