खैरहनी ६ र ७ को वडा कार्यालय बन्द

चितवन । जिल्लाको खैरहनी नगरपालिका वडा नम्बर ६ र ७ को वडा कार्यालय दुई दिनका लागि बन्द गरिएको छ । वडा नम्बर ६ का अध्यक्ष रामशरण पाण्डेलाइ कोरोना संक्रमण पुष्टि भएपछी वडा कार्यालय बन्द गरिएको हो ।

खैरहनी ६ र ७ को वडा कार्यालय एउटै भवनमा छ । खैरहनी नगरपालिका प्रबक्ता समेत रहेका ६ का वडा अध्यक्ष पाण्डेलाइ बुधबार कोरोना पुष्टि भएको थियो । नगरपालिकाले बिहिबार एक सूचना जारी गर्दै आज र भोलिका लागि दुई ओटै वडा कार्यालय बन्द गरिएको जनाएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माको हस्ताक्षर रहेको सूचनामा दुई दिनका लागि वडाबाट प्रदान हुने सेवा बन्द भएको र यसबाट सेवाग्राहीमा पर्ने असुविधाप्रती क्षमा मागिएको उल्लेख छ । खैरहनीमा यसअघि दुई जना वडा अध्यक्षमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

प्रतिक्रिया