आज असोज १५ गते विहिबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल असोज १५ गते । बिहीबार । ईश्वी सन् २०२० अक्टोबर ०१ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन शुक्लपक्ष । तिथि–पूर्णिमा,४८ घडी ४५ पला,रातको ०१ बजेर २७ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–उत्तरभाद्रपदा,अहोरात्र । योग–बृद्धि,३९ घडी ३७ पला,बेलुकी ०९ बजेर ४८ मिनेट उप्रान्त धुव्र । करण– भद्रा,मध्यान्ह १२ बजेर ३४ मिनेट उप्रान्त बव,रातको ०१ बजेर २७ मिनेट उप्रान्त बालव । आनन्दादिमा–छत्र योग । चन्द्रराशि–मीन । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५६ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ४८ मिनेट । दिनमान ३० घडी ३८ पला । अन्तर्राष्ट्रिय वृद्ध दिवस । पञ्चक। पूर्णिमा व्रत। अनला पुन्ही।

आजको बार बेला ।
बिहान ५ बजेर ५७ मिनेटसम्म शुभ बेला ।
बिहान ५ बजेर ५८ मिनेटदेखी बिहान ७ बजेर २६ मिनेटसम्म रोग बेला ।
बिहान ७ बजेर २७ मिनेटदेखी बिहान ८ बजेर ५५ मिनेटसम्म उद्धेग बेला ।
बिहान ८ बजेर ५६ मिनेटदेखी बिहान १० बजेर २४ मिनेटसम्म चर बेला ।
बिहान १० बजेर २५ मिनेटदेखी बिहान ११ बजेर ५२ मिनेटसम्म लाभ बेला ।
बिहान ११ बजेर ५३ मिनेटदेखी दिउसो १ बजेर २१ मिनेटसम्म अमृत बेला ।
दिउसो १ बजेर २२ मिनेटदेखी दिउसो २ बजेर ५० मिनेटसम्म काल बेला ।
दिउसो २ बजेर ५१ मिनेटदेखी बेलुकी ४ बजेर १९ मिनेटसम्म शुभ बेला ।
बेलुकी ४ बजेर २० मिनेटदेखी बेलुकी ७ बजेर १९ मिनेटसम्म अमृत बेला ।
नोटःशुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
दिउसो १ बजेर ५१ मिनेटदेखी दिउसो २ बजेर ५० मिनेटसम्म रहने ।

आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिद्यामा सफलता पाउन निकै नै संघर्ष गर्नु पर्नेछ । स्वास्थ्य सम्बन्धी समस्याले पिरोल्नेछ । माया प्रेममा धोका हुन सक्क सजग रहनु होला । मान सम्मान तथा इज्जत प्रतिष्ठा जोगाउन मुस्किल पर्नेछ । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला । तरपनि बैदेशिक क्षेत्रसँग सम्बन्धीत व्यापार व्यावसाय भने फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानिबाट घाटा हुन सक्छ ध्यान दिनुहोला ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अध्ययन तथा अध्यापनमा रुचि बढ्नेछ । व्यापार व्यावसायमा समय दिनुहोला मनग्गे रुपैया पैसा कमाउने समय रहेको छ । माया प्रममा सामिप्यता बढेर जानेछ भने दाम्पत्य जीवनमा सामान्य बिवाद सिर्जना हुनेछ । रमाईलो वातावरणमा दिन बित्ने तथा अरुकै प्रायोजनमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । चिठ्ठा तथा उपाहार प्राप्तिको योग रहेको छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापार व्यावसायमा लगानी गरि आम्दानि गर्न सकिनेछ । बिवादित बिषयहरु ह्ल भएर जाने तथा पुराना समस्याअरु केहि भए थोरै समय दिएर फत्ते गर्न सकिनेछ । नयाँ काम पाउने तथा नोकरिमा बढुवा हुने योग रहेकोछ । समाजिक काम गर्ने वाताबरण बन्ने तथा मानसम्मान,ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । अध्ययन अध्यापनमा मन जानेछ भने माया प्रेममा प्रिय पात्रसँग नजिक हुन पाउदा मन प्रशन्न हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) नयाँ काम पाउने तथा बढुवा हुने योग रहेकोछ । बौद्धिक ब्यात्तित्व तथा बिशिष्ट व्याक्ति हरुसँग भेटघाट हुनेछ भने नयाँ योजना बनाएर कार्यान्वयनको चरणमा लगि आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो उपलब्धी हासिल गर्न सकिनेछ । धार्मिक तथा शैक्षिक यात्राको अधिक सम्भावना रहेकोछ भने धर्म कर्ममा मन जानेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) समयमा कामहरु सम्पन्न नहुँदा पुराना तथा नयाँ कामहरु थाति रहनेछन् । ऋण लाग्ने तथा व्यापार व्यावसायबाट भनेजस्तो आम्दानी नहुँदा दैनिकी कष्टप्रद हुनेछ । माया प्रेम आजको दिन टाडै रहनु बेस हुनेछ किनकी भेटमा एक अर्कालाई शंकाको दृष्टिले हेदा मनमुटाव बढ्नेछ । खानपान तथा बाहिरि बाताबरणको ख्याल गर्नुहोला । स्वास्थ्यस्थितिमा असर पर्ने वा परिवारका कुनै सदस्य अस्वस्थ हुने सम्भावना समेत छ, सचेतता अपनाउनु बेस हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) पढाइ लेखाइमा सोचेजस्तै प्रगति हुने हुनाले आफन्त तथा गुरुहरु प्रसन्न हुनेछन् । सवारी साधन तथा धन सम्पति हात लाग्ने योग रहेको छ । व्यापारमा नाँफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा बिश्वासको बाताबरण अझ बढेर जाने हुनाले घर परिवारमा घुसियालि छाउनेछ । व्यापार गर्ने शिलशिलामा यात्रा गर्ने अवसर जुर्नेछ भने यात्राका क्रममा बौद्धिक मानिसहरुसँग भेटघाट हुने हुनाले मन प्रशन्न रहनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) सत्रु परास्त हुनेछन् भने व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ । पुराना ऋण,रोग तथा सत्रुबाट छुट्करा पाईने हुनाले मन प्रशन्न हुनेछ । आफन्त तथा मावलि पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने योग रहेकोछ । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुने हुनाले खुसिले उचाई नाघ्नेछ । सन्तान तथा आफन्तबाट सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ । समुदायको हितमा राम्रै काम गर्न सकिनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) पढाइ लेखाइमा मन जानेछ भने खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो नतिजा निकाल्न सकिनेछ । बित्तिय क्षेत्रमा गरिएको लगानिबाट भनेजस्तो आम्दानि हुनेछ । बौद्धिक तथा प्राज्ञिक सभा समारोहमा सहभागि भई गतिलो प्रश्तुति दिने अवसर जुर्नेछ भने आफन्त तथा गुरुवर्गहरु खुसि हुनेछन् । आकश्मिक धन तथा मानव निर्मित र्भातिक सम्पति लाभ हुने योग रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापार व्यावसायमा केहि समय पर्ख र हेरको रणनिति अपनाउदा राम्रो रहेकोछ भने कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि मनग्गे लाभ लिन सकिनेछ । अन्य काममा व्यास्त हुँदा पढाइ लेखाइमा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहने योग रहेकोछ । आमा तथा आफन्तसँग यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापारमा मनग्ये धनलाभ हुनेछ भने नयाँ काम गर्न सकिनेछ । दाजुभाई तथा साथीभाइले राम्रै सहयोग गर्ने हुनाले रचनात्मक काममा जुट्न सकिनेछ । लामो समयदेखि रोकिएका काम पुनः सुचारु गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । तरपनि यात्र गर्दा ध्यान दिनुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) शुभ मांगलिक सभा समारोह जस्ता कार्यक्रममा सहभागि भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यावसायमा प्रशस्त नाफा कमाउन सकिने हुनाले दैनिकि फेरिनेछ । प्रेम प्रसङगमा रमाउन चाहनेहरुका लागि दिनले साथ दिईने हुनाले आफुले मन परेको प्रिय पात्रलाई आफ्नै मन मुटुमा राख्न पाउदा मन प्रशन्न हुनेछ । सानो प्रयत्नले ठुलो काम बन्ने तथा थोरै बोलेर मनग्ने आम्दानि गर्न सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सानातिना घरायसी समस्यामा दौडधूप गर्नुपर्ने भएकाले सुरुमा खिन्नता बढ्ने भएपनि गरेको प्रयासबाट सार्थक फल प्राप्त हुनेछ । ज्ञानगुन र दार्शनिक विषयमा आकर्षित हुने समय रहेकोछ । कल्पना र भावुकतालाई व्यवहारमा उतार्न आजको दिन उत्तम रहनेछ । डुबेको धन अप्रत्याशित ढङ्गले फिर्ता आउन सक्छ । राजनीति तथा समाजसेवामा समय व्यातित हुने हुनाले मान सम्मानमा बृद्धि हुनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

  • ज्यो.डिपी उपाध्याय ।

प्रतिक्रिया