खैरहनी नगरपालिकाका प्रवक्ता पाण्डेलाई कोरोना पुष्टि

चितवन । चितवनको खैरहनी नगरपालिकामा अर्का वडा अध्यक्षमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड १९ परिक्षण प्रयोगशालामा बुधबार गरिएको नमुना परिक्षणमा नगरपालिकाका प्रवक्ता समेत रहेका खैरहनी ६ का वडा अध्यक्ष रामशरण पाण्डेलाइ कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएपछि प्रवक्ता पाण्डेले आफूमा कुनै समस्या नरहेको बताएका छन् ।

उनले पछिल्लो पटक सम्पर्कमा रहेकाहरुलाई सजगता अपनाउन समेत आग्रह गरेका छन् ।

यसअघि खैरहनी १ र २ का वडा अध्यक्षमा समेत कोरोना पुष्टि भइसकेकाे छ । नगर प्रवक्तासहित खैरहनीमा थप ५ जनामा पनि कोरोना पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा नगरपालिका एक जना कर्मचारी, एक जना विद्यालयका प्रधानाध्यापक लगायत छन् ।

खैरहनीका ५ जनासहित बुधबार चितवनका २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुरका ७ ,राप्तिका ४ र रत्ननगरका ६ जना र एक जना कावासोतिका छन् । भरतपुर अस्पताल सूचना अधिकारी लिलाधर पौडेलका अनुसार बुधबार १६९ वटा नमुना परिक्षण गर्दा १४६ वटा नमुनाको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रतिक्रिया