कोरोना अपडेट : बुधबार थपिए १,५५९ संक्रमित, १,०५७ जना डिस्चार्ज

काठमाडौं । आज (बुधबार) १,५५९ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । १२ हजार २०५ जनाकाे पीसीआर परीक्षण गरिएकाेमा १,५५९ जनाकाे रिपाेर्ट पाेजेटिभ आएकाे हाे ।

यस्तै आजै थप १,०५७ जना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । आजको अपडेटसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ । संक्रमितमध्ये ५४ हजार ४२८ जना डिस्चार्ज भइसकेका छन् ।

आज क्वारेन्टिनमा ५ हजार ४२८ जना रहेका छन् । २० हजार ८९१ सक्रिय संक्रमितको उपचार चलिरहेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको पनि प्रवक्ता गौतमले जानकारी दिए । योसँगै मृतक संख्या ४९८ पुगेको छ ।

प्रतिक्रिया