नोबेल अस्पतालमा ५० वर्षिय कोरोना संक्रमितको मृत्यु

विराटनगर । मोरङमा सुनसरीका एक कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचाररत सुनसरीका एक कोरोना संक्रमित पुरुषको बिहान मृत्यु भएको छ ।

आज बिहान ७:३० बजे हरिनगरा–२ का ५० वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. मुक्ति आचार्यले जानकारी दिए ।

आचार्यका अनुसार ती पुरुषलाई श्वासप्रश्वासमा समस्या भएपछि असोज ९ गते नोवेल अस्पतालमा भर्ना गरिएको थियो । जटिल अवस्थामा अस्पताल भर्ना भएका पुरुषको स्वाब नमूना संकलन गरि पीसीआर परीक्षण गराउँदा सोमबार रिपोर्ट पोजेटिभ आएको थियो ।

कोरोना पुष्टि भएपछि बिरामीलाई नोबेलकै कोभिड अस्पतालको भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएकाे फोकल पर्सन आचार्यले भने । अस्पतालका अनुसार ती बिरामीमा उच्च रक्तचाप, ज्वरो र निमोनियाको समस्या रहेको थियो ।

कोरोनासँगै फोक्सोमा फैलिएको संक्रमण नियन्त्रण गर्न नसक्दा संक्रमित पुरुषको मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया