सावधान ! नक्कली मेसिनबाट कोरोना परीक्षण गर्दै विध ल्याब, ऊर्जामन्त्री पुनको सचिवालयको पनि लगानी

काठमाडौं । जे कुराको पनि माग वृद्धि भएपछि त्यसको कालोबजारी सुरु हुन्छ । कोरोनाको कारण विश्व नै समस्यामा परेको बेला नेपाल पनि त्यसबाट अछुतो रहन सकेको छैन । कोरोना महामारीको समयामा नक्कली मेसिनबाट कोरोना परीक्षण गरी सर्वसाधारको जीवनमाथि खेलबाड सुरु भएको छ ।

नेपालमा स्वास्थ्य क्षेत्रमा होइन, सबै क्षेत्रमा यस्तै देखिन्छ । ललितपुरको कुपण्डोलमा सञ्चालित विध ल्याबले नक्कली मेसिन र उपकरणबाट कोरोना भाइरस परीक्षणको नाममा सर्वसाधारणलाई झुक्याएको खुलेको छ ।

केही महिनाअघि ओम्नी समूहले ल्याएको मेसिन विश्व स्वास्थ्य संगठनको मापदण्ड नपुगेको भन्दै सरकारले किन्न अस्वीकार गरी ठेक्का तोडेर ओम्नीलाई कालोसूचीमा राखेको थियो । त्यही गुणस्तरहीन मेसिन प्रयोग गरेर ल्याव सञ्चालन गरेको खुलेको हो ।

सोही समूहले ऊर्जामन्त्री बर्षमान पुनको सचिवालयलाई हात लिएर सरकारले फिर्ता गरेको गुणस्तरहीन मेसिन र सामानबाट विध ल्याब सञ्चालन गरेको बुझिएको छ । सो ल्यावमा जडान गरेको चिनियाँ कम्पनीको पीसीआर मेसिन र एक लाख थान रिएजेन्ट पनि गुणस्तरहीन भएको सरकारी टोलीको निष्कर्ष छ ।

विध ल्याबमा ओम्नी समूहको मुख्य शेयर छ । ओम्नीका तुलहरि पौडेल, ऊर्जा मन्त्री वर्षामान पुन निकट विके भण्डारी, आईटी व्यवसायी किशोर पन्त र हिमालयन होटलका लगानीकर्ता नविन तुलाधार विध ल्याबमा शेयर होल्डर छन् ।

विध ल्याब कसरी नक्कली ?

विध ल्याबले सञ्चालन गरेको ल्याबमा अहिले दुईवटा जिन भएको रिएजेन्ट प्रयोग गरिरहेको छ । तर सरकारी र अन्य अस्पतालका मलिकुलर ल्याबमा भने ३ वटा जिन भएको रिएजेन्ट प्रयोग हुँदै आएको छ ।

विश्व स्वास्थ्य संगठनले दुई जिन भएको रिएजेन्टले भाइरसलाई सतप्रतिशत ट्रेस नगर्न पनि सक्छ भनेर ३ जिनयुक्त रिएजेन्ट प्रयोग गर्न भनेको छ ।

 

प्रतिक्रिया