क्यालिफाेर्निया डढेलाे : पटक-पटक घर छाेड्न बाध्य छन् नागरिक

एजेन्सी । सोमबार बिहान पहाड माथिबाट उडिरहेको धुवाँ देख्नेबितिकै विल अब्राम्सले आफ्नो सपरिवारसहित क्लालिफोर्नियाको वाइन कन्ट्रीस्थित आफ्नो भाडाको घर तुरुन्त छोडिदिए ।

उनले हतार–हतार पिकअप ट्रकमा ल्यापटप, कपडा, स्लिपिङ्ग ब्याग र टेन्ट राखे अनि सुरक्षित ठाउँ नजिक निस्किए । २०१७ मा पनि अब्राम्सले आगोका कारण नै सैंटा रोजा स्थित आफ्नो घर छोडेका थिए ।

पछिल्लो वर्षमा पनि सोनोमा काउन्टीमा जंगलमा लागेको आगोका कारण नै उनले घर छोडेका थिए । क्यालिफोर्नियास्थित वाइन कन्ट्रीमा द्रुत गतिमा आएको हावाका कारण फेरि आगो भड्किएपछि कयौँ घर नष्ट भयो । करिब ७० हजार मानिसहरुले त्यो ठाउँ छोडे ।

यसअघि तीन वर्ष पहिले पनि सोनोमा काउन्टीमा यसैगरी आगो फैलिएको थियो । आगोमा परि २२ जनाले ज्यान गुमाएका थिए । अहिले पनि सबै लाचार छन्, घर छाेड्न बाध्य भएका छन् ।

अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गली क्षेत्रमा लागेको डढेलो महिनौसम्म नियन्त्रणमा आउन सकेको छैन ।

यो वर्ष क्यालिफोर्नियामा लागेको डढेलो सोमबारसम्म १५ हजार १७५ वर्गकिलोमिटर (३७ लाख ५० हजार एकर) मा रहेको जङ्गली क्षेत्र विनास भएको क्यालिफोर्नियाको वन तथा आगलागी नियन्त्रण विभागले जानकारी गराएको छ ।

प्रतिक्रिया