खैरहनी नगरपालिकाका थप दुई जना कर्मचारीमा कोरोना पुष्टि

चितवन । चितवनको खैरहनी नगरपालिकाका थप २ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा मंगलबार गरिएको परिक्षणमा थप २ जना कर्मचारीमा कोरोना पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेहरुमा एक जना नगरपालिका कार्यालयभित्र र एक जना वडा सचिव रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले बताए । शर्माका अनुसार संक्रमित देखिएका उनिहरु एक साता अघि देखि होम क्वारेन्टाइनमा थिए ।

यसअघि सोमबार नगरपालिकाका एक कर्मचारीमा पनि संक्रमण पुष्टि भएको थियो । यस अघि नगरपालिका दुई जना वडा अध्यक्ष दुई जना वडा सचिव, स्वास्थ्य संस्थाका ५ जना स्वास्थ्यकर्मी र कर्मचारीमा पनि कोरोना पुष्टि भइसकेकाे छ ।

प्रतिक्रिया