काठमाडाैं उपत्यकामा उच्च संक्रमण : मंगलबार थपिए ९३४ संक्रमित

काठमाडाैं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९३४ कोरोना भाइरस (कोभिड १९) संक्रमित थपिएका छन् ।

काठमाडौंका ७४७, भक्तपुरका ७३ र ललितपुरका ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै उपत्यकामा कुल संक्रमित संख्या २२ हजार ३२४ पुगेको छ । जसमध्ये काठमाडौंका १८ हजार १३२, ललितपुरका दुई हजार २३१ र भक्तपुरका एक हजार ९६१ रहेका छन् ।

मंगलबार देशभर थप एक हजार ५१३ संक्रमित थपिएका छन् ।

प्रतिक्रिया