२५ विद्यार्थीलाई खानामा विष मिसाएर खुवाउने शिक्षकलाई मृत्युदण्ड

एजेन्सी । चीनमा २५ जना विद्यार्थीकाे खानामा विष मिसाएर खुवाउने शिक्षकलाई मृत्युदण्डकाे सजाय सुनाइएकाे छ ।

चिनियाँ अदालतले वाङ युन नामक शिक्षकलाई मृत्युदण्डकाे सजाय सुनाएकाे हाे । ती शिक्षकले गत वर्षकाे मार्च २७ मा हेनान प्रान्तको जियाओजुओ शहरको एक किन्डरगार्टेनमा २५ विद्यार्थीहरूले बिहानको खाजा खाए । तीमध्ये केहीले वान्ता गर्न थाले भने काेही बेहाेस भए । बिरामीमध्ये एक विद्यार्थीको १० महिना अस्पतालमा उपचारपछि निधन भयाे ।

घटना लगतै प्रहरीले ती शिक्षकलाई नियन्त्रणमा लिएको थियो । अनुसन्धानका क्रममा वाङले खानामा सोडियम नाइट्रेट मिसाएको पुष्टि भयाे । उनले आफ्नो सहकर्मीसँग बदला लिन उनका विद्यार्थीको खानामा विषादी मिसाएकाे बयान दिएकी थिइन् । सहकर्मीसँग विद्यार्थी व्यवस्थापनको विषयलाई लिएर झगडा परेको थियो ।

साेही घटनामा सोमबार जियाओजुओको स्थानीय अदालतले ती शिक्षकलाई मृत्युदण्डको सजाय सुनाएको हो ।

प्रतिक्रिया