काेराेना संक्रमणबाट टिचिङ अस्पतालकी एक कर्मचारीकाे मृत्यु

काठमाडौं । काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ)  मा कार्यरत एक जना महिलाकाे मृत्यु भएकाे छ ।

अस्पतालकै सफाइ कर्मचारी ५७ वर्षीया महिलाकाे काेराेना संक्रमणबाट आज (मंगलबार) बिहान मृत्यु भएकाे हाे ।

दम र थाइराइडको समस्या भएकी ती महिला ३ महिनादेखि बिदामा थिइन् । उनीमा असोज ३ गते संक्रमण पुष्टि भएकाे थियाे । स्वास्थ्य अवस्था जटिल भएपछि भेन्टिलेटरमा उनकाे उपचार गरिएकाे थियाे । उपचारकै क्रममा उनकाे मृत्यु भएकाे हाे ।

प्रतिक्रिया