बागमती प्रदेशकी सांसद मुनु सिग्देललाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । बागमती प्रदेशसभाकी सदस्य मुनु सिग्देललाई काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ ।

नेपाल कम्युनिष्ट पार्टी मकवानपुरकी अध्यक्ष समेत रहेकी मुनुले ललितपुरकाे विथ ल्याबमा पीसीआर परीक्षण गराएकी थिइन् । साेमबार उनकाे रिपाेर्ट पाेजेटिभ आएकाे हाे ।

उनकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे पारिवारिक स्राेतले जनाएकाे छ । उनी अहिले काठमाडाैंस्थित हाेम आइसोलेसनमा बसेकी छन् । सिग्देल सांसद विराेध खतिवडाकी श्रीमती हुन् । उनकी छोरी श्रृंखला खतिवडा पूर्वमिस नेपाल हुन् ।

 

प्रतिक्रिया