इंग्लिस प्रिमियर लिग: लिभरपुलले आर्सनललाई हरायो

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुलले आर्सनललाई हराएको छ । घरेलु मैदानमा लिभरपुलले एक गोलले पछि परेको स्थिति उल्ट्याएर ३-१ को सहज जित हात पारेको हो ।

खेलमा लिभरपुललाई जिताउन फरवार्ड साडियो माने, एन्ड्रिउ रोबर्टसन र डिएगो जोटाले गोल गरे । एलेक्सान्द्रे लाकाजेटले गरेको गोल सान्त्वना गोल बन्यो ।

यो जितपछि लिभरपुलले यस सिजनक तिनै खेल जितेर ९ अंक हासिल गर्दै लिगको दोस्रो स्थानमा रहेको छ । यसअघि दुई खेलमा लगातार जित हासिल गरेको आर्सनलको भने यो पहिलो हार हो ।

प्रतिक्रिया