सुपर ओभरमा मुम्बईमाथि बैंगलोरको जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिलए) अन्तर्गत गएरातीको खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ । साविक विजेता मुम्बईलाई सुपर ओभरमा पराजित गर्दै बैंगलोरले दोस्रो जित निकालेको हो ।

यस सिजनमा यो दोस्रो सुपर ओभरबाट निर्णय भएको खेल बनेको छ । यसअघि किंग्स इलेभेन पञ्जाबलाई दिल्ली क्यापिटलले सुपर ओभरमा पराजित गरेको थियो ।

बैंगलोरले दिएको २०२ रनको लक्ष्य पछाएको मुम्बईले २० ओभरमा इशान किशन र केरन पोलार्डको विष्फोटक ब्याटिंग पछि २० ओभरमा ५ विकेट गुमाउदै २०१ रन बनाएपछि खेलको निर्णय सुपर ओभरमा भएको थियो । सुपर ओभरमा मुम्बईले १ विकेट गुमाएर ७ रन बनायो । बैंगलोरले बिना विकेटको क्षति ११ रन बनायो ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको बैंगलोरले २० ओभरमा ३ विकेट गुमाउदै २०१ रन बनाएको थियो । यस खेलमा बैंगलोरका एबी डिभीलियर्स प्लेयर अफ द म्याच बनेका थिए । आइपिएल अन्तर्गत आज दिल्ली क्यापिटल र सनराइजर्स हैदरावादबीच खेल हुँदैछ ।

प्रतिक्रिया