ओपोद्वारा एफ१७ प्रो सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं । ओपोले आफ्नो नयाँ ह्यान्डसेट ओपो एफ१७ प्रो नेपालमा सार्वजनिक गरेको छ । अल्ट्रा-स्लिक स्मार्टफोन बडीमा फेशनेवल प्रविधि सुसज्जित ओपो एफ१७ प्रोले प्रयोगकर्तालाई प्रिमियम डिजाइन तथा फञ्शनको साथमा उत्कृष्ट एआई पोट्रेट फोटोग्राफी फिचरको अनुभूति दिने कम्पनीकाे विश्वास छ ।

‘एफ सिरिजको डिजाइन गरिँदा ट्रेण्डसेटिङ पुस्तालाई ध्यानमा राखि तिनका जीवन र स्टाइलको ब्यक्तिगत परिभाषा झल्काउन सघाउ मिलोस् भन्ने तिर विशेष ध्यान दिएर स्लिक बडी उपलब्ध गराइएको हो’, ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने ।

नेपाली उपभोक्तामाथि गरिएको अन्वेषणमा आधारित एफ१७ प्रोको डिजाइन मार्फत फोनमा उत्कृष्ट पोट्रेट फोटोका लागि एआई क्यामेराका साथमा भोक फ्ल्याश चार्जको अत्याधुनिक समिकरणपनि उपलब्ध गरिएको उनकाे भनाइ छ।

स्लिक तथा प्रिमियम डिजाइन

७.४८एमएम अल्ट्रा-स्लिक बडी डिजाइनका कारण ओपो एफ१७ प्रो खल्ती तथा ज्याकेटमा कुनै बल्ज (फुलिएको) विना सहजै अटाउँछ । साथै साना ब्यागहरुमा समेत यसलाई मज्जाले समेट्न सकिन्छ । श्रेणीमै अग्रणी ७.४८एमएम अल्ट्रा(थिन र १६४ ग्रामको अत्यधिक हल्का बडी निर्माणका लागि मेनबोर्ड, ब्याट्री लगायत अन्य सामग्री स्लिम डिजाइनमा अटाउन कम्पनीले उद्योगकै अग्रणी डिजाइनको प्रयोग गरेको छ । हातमा बोक्दा आरामदायी र स्मूथ अनुभूती दिन एफ१७ प्रोमा कम्पनीले राउन्डेड एड्ज डिजाएन प्रविधि अपनाइएको २२० डिग्रि एड्ज प्रस्तुत गरेको छ ।

प्रयोगकर्ताले उत्कृष्ट दृश्यानुभव लिन सकुन् भन्ने सोचका साथ एफ१७ प्रोमा ६.४३ ईञ्चको डुअल पञ्च-होल डिस्प्लेको प्रयोग गरिएको छ । साथै, फोनमा एफएचडी+ सुपर एमोलेड डिस्प्लेका साथमा ९०.७% स्क्रिन-टू-बडी रेसियो उपलब्ध गरिएको छ । उद्योगकै सानो ३.७एमएम डायमिटरको क्यामेराका लागि फोनमा मिनी डुअल-पञ्च होल्सको प्रयोग गरिएको हो ।

अत्याधुनिक क्यामेरा प्रविधि

एफ१७ प्रोले प्रयोगकर्तालाई व्यवसायिक झैँ देखिने तस्विर खिच्न सक्ने क्षमता प्रदान गर्छ । एफ१७ प्रोमा रहेका ६ एआई पोट्रेट क्यामेराले उपभोक्तालाई पोट्रेट फोटोग्राफीका लागि सहजता प्रदान गर्नुका साथै भिडियो स्टेबलाइजेशन फिचर्स पनि उपलब्ध गराउँछ ।

कम प्रकाश भएका स्थानमा समेत आकर्षक पोट्रेट लिन सघाउने सोचका साथ एफ१७ प्रो मार्फत उपलब्ध गरिएको एआई नाइट फ्लेर पोट्रेटले लोलाईट-एचडीआर अल्गोरिथम र बोके ईफेक्टको संयुक्त प्रयोग मार्फत प्रयोगकर्तालाई सिटी लाइट्सको ब्याकड्रप र्फात पाेट्रेटमा सुन्दर नाइट फ्लेयर दिँदै कलात्मक तस्विर लिन सघाउँछ । बोके ईफेक्ट मन नपराउनेहरुका लागि साँझपख कम प्रकाश उपलब्ध भएका अवस्थामा समेत चहकिला र स्पष्ट तस्विर लिन यसमा रहेको एआई सुपर नाइट पोट्रेटले सहजता प्रदान गर्छ ।

३०वाट भोक फ्ल्याश चार्ज ४.०

ओपोको स्वामित्वमा रहेको ३०वाट भोक फ्ल्याश चार्ज ४.० ¥यापिड चार्ज प्रविधिले फोनलाई मात्र ५ मिनेट चार्ज गर्दा प्रयोगकर्तालाई ५ घण्टाको टक टाइम वा थप दूई घण्टा ईन्स्टाग्राम ब्राउजिंग, वा ३५ मिनेट पबजी गेमिङको मज्जा लिने अवसर प्रदान गर्छ । जम्मा ५३ मिनेटमा फोनलाई पूर्ण चार्ज गर्ने यस प्रविधिको प्रयोगले गेमिङ कै समयमा पनि विना चिन्ता ब्याट्री चार्ज गरी गेमका विचमा ब्याट्री सकिने चिन्ताबाट प्रयोगकर्तालाई राहत दिन्छ ।

यो चार्जिंग प्रविधि तिब्र हुनुका साथै सुरक्षित पनि छ । यसले चार्जिङका समयमा फोन अत्यधिक मात्रामा तात्ने समस्याबाट पनि छुटकारा प्रदान गर्छ । यसले आद्रता भएको अवस्थामा आद्रताको पहिचान गरी उपभोक्तालाई सजग गराउने तथा तत्सभ्भव फोन चार्जिङ रोकी फोन तथा ब्याट्रीलाई सुरक्षा समेत प्रदान गर्ने कम्पनीले जनाएकाे छ ।

यस प्रविधिले उपलब्ध गराउने एआई नाइट चार्जिंगले प्रयोगकर्ताको सुताई बान्की (स्लिपिंग प्याटर्न)का आधारमा प्रयोगकर्ता ब्यूँझने समयको मापन गरी सोही समयमा ब्याट्रीलाई १००% चार्ज हुने ब्यवस्था मिलाउँछ । यसमा रहेको सुपर पावर सेभिङ मोडले दिनको समयमा फोनमा ब्याट्री कम रहँदा अन्तिम ५% ब्याट्रीलाई डिस्प्लेलाई ब्ल्याक एण्ड ह्वाइटमा परिवर्तन गर्दै पूर्व निर्धारित ६ ओटा एप्स चलाउन मिल्नेगरी समायोजन गरी दिन्छ । यसका अन्य थुप्रै विशेषताहरू पनि छन् ।

नेपाली बजारमा ओपो एफ१७ प्रो अक्टोबर १ देखि सर्वत्र उपलब्ध गरिने जानकारी दिइएको छ । म्याजिक ब्ल्यू र म्याट ब्ल्याक गरी दूई भिन्न रंगमा सार्वजनिक हुने यो फोनमा जीबी र्याम र १२८ जीबी सञ्चय क्षमताका साथमा सार्वजनिक हुनेछ । यसको बजार मूल्य रु. ४३,९९० निर्धारण गरिएको छ ।

एफ१७ प्रोका साथै ओपोले नेपालमा आफ्ना आईओटी उपकरणको श्रेणीमा थप बृद्धि गर्दै एन्को डब्लयू५१ र ओपो वाट्च पनि सार्वजनिक गरेको छ । ओपो वाट्च, ४१एमएम र ४६एमएम गरी दूई भ्यारिन्टमा उपलब्ध हुने कम्पनीकाे भनाइ छ ।

तिनको मूल्य क्रमशः रु. २४,९९० र रु. ३४,९९० निर्धारण गरिएको छ । त्यसैगरी, ओपो एन्को डब्ल्यू५१को मूल्य ८,९९० निर्धारण गरिएको छ । ओपो एफ१७ प्रो र वाट्च खरिद गर्न चाहने उपभोक्ताका लागि सेप्टेम्बर २८देखि ३० सम्म प्रि-बुकिङ खुल्ला गरिएको छ । एफ१७ प्रो सार्वजनिक गर्न आयोजित अनलाईन लञ्च ईभेन्ट मार्फत कम्पनीले ओपो एफ१७पनि सार्वजनिक हुने जानकारी दिएको छ । ओपो एफ१७ भने अक्टोबर ५देखि नेपाली बजारमा उपलब्ध हुनेछ । यसको मूल्य भने अहिले सम्म कम्पनीले खुलाइ सकेको छैन ।

प्रतिक्रिया