करेन्ट लागेर ललितपुर र प्युठानमा एक/एक जनाकाे मृत्यु

काठमाडौं । करेन्ट लागेर ललितपुर र प्युठानमा एक/एक जनाकाे मृत्यु भएकाे छ ।

ललितपुर महानगरपालिका-२३ धापाखेल डाउनटाउन बस्ने बारा देवताल गाउँपालिका घर भएका ४० वर्षीय नगेन्द्र महतोको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको हाे ।

सोही ठाउँ बस्ने मान बहादुर केसीको घरको बाहिरपट्टी टायल राख्ने क्रममा बाँधेको खटको बाँसले हाइटेन्सन लाइनमा छुँदा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि सुमेरु अस्पताल धापाखेलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

त्यस्तै प्युठानकाे स्वर्गद्वारी नगरपालिका-३ उपल्लो भिंगृ बस्ने १६ वर्षीया श्रेया नेपालीको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ । आफ्नै घरमा कपडामा आईरन लगाउने क्रममा अचानक करेन्ट लाग्दा गम्भीर घाइते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र भिंगृमा उपचारको क्रममा मृत्यु भएको हो .

प्रतिक्रिया