नदीमा डुबेर १० वर्षीय बालककाे मृत्यु

बारा । बारामा एक बालककाे नदीमा डुबेर मृत्यु भएकाे छ ।

विश्रामपुर गाउँपालिका-३ बस्ने उमेश पण्डितको १० वर्षीय छोरा कुन्दन पण्डितकाे सोमबार दिउँसो नदीमा डुबेर मृत्यु भएको हाे । सोही गाउँपालिका-४ खुदिया टोलस्थित नदीमा पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको नेशनल मेडिकल कलेज वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया