मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

ट्रकले ट्याक्टरलाई ठक्कर दिँदा चालकको मृत्यु

मकवानपुर । बाराबाट हेटौँडातर्फ आउँदै गरेको ना५ख ४१६४ नंको ट्रकले हेटौँडाबाट बारातर्फ जाँदै गरेको ना३त ६९३१ नंको ट्याक्टरलाई हेटौँडा उपमहानगरपालिका–१५ चुरियामाई मन्दिर नजीकै आज दिउँसो ठक्कर दिँदा ट्याक्टर चालकको बाटोमा मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्याक्टर चालक बारा जिल्लाको परवानीपुर गाउँपालिका–१ बस्ने वर्ष २२ वर्षीय लालबहादुर यादव रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ठक्कर दिने ट्रक र त्यसका चालक धनुषाको मिथिला गाउँपालिका बस्ने गङ्गाराम महतोलाई अनुसन्धानका लागि प्रहरीले हिरासतमा लिएको छ ।

दुर्घटनामा परी घाइते भएका तीन जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।रासस

प्रतिकृयाहरु
Loading...