मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

कोरोना अपडेट : थप १,३५१ जनामा संक्रमण पुष्टि हुँदा ७४२ जना डिस्चार्ज, ४ काे मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा एक हजार ३५१ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

१० हजार ८० जनाको पीसीआर परीक्षण गरिएकोमा एक हजार ३५१ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ७४२ जना डिस्चार्ज भएका छन् । आजको अपडेटसँगै कोरोना संक्रमितको कुल संख्या ७४ हजार ७४५ पुगेको छ । संक्रमितमध्ये ५४ हजार ६४० जना डिस्चार्ज भइसकेका छन् ।

क्वारेन्टिनमा ६ हजार ३१० जना छन् । १९ हजार ६२४ जना सक्रिय संक्रमितकाे उपचार चलिरहेकाे छ । आइसीयूमा २२५ जना छन् भने भेन्टिलेटरमा ३१ जना रहेका छन् ।

यस्तै पछिल्लाे २४ घण्टामा थप ४ जना संक्रमितकाे मृत्यु भएकाे प्रवक्ता गाैतमले जानकारी दिए ।

याेसँगै मृतक संख्या ४८१ पुगेकाे छ ।

प्रतिकृयाहरु
Loading...