काेराेना मुक्त भएका मेयर वन भन्छन्- कोरोनालाई सामान्य रुपमा लिनु हुँदैन

रत्ननगर । रत्ननगर नगरपालिकाका मेयर नारायण वन कोरोना मुक्त भएका छन् ।

उनको सोमबार भरतपुरस्थित कोभिड प्रयोगशालामा गरिएको दाेस्राे कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको हो ।

नगरबासीलाई कोरोना संक्रमणबाट जोगाउन सक्रिय रहेका वनलाई असोज १ गते कोरोना संक्रमण पुष्टि भएको थियो । होम आइसोलेसनमा रहेका मेयर वनले आयुर्वेद र सामान्य हेमोपेथिक औषधिको सेवन गरेर कोरोना जितेका हुन् ।

रत्ननगर अस्पतालमा स्वाब दिँदा कोरोनासँग मिल्दो जुल्दो लक्षण रहेका मेयर वनको होम आइसोलेनमा बस्दा स्वास्थ्य अवस्था सामान्य बनेको थियो । ‘घरमै बसेर कोरोनालाई जित्न सफल भएको छु,’ उनले भने, ‘तर कोरोनालाई सामान्य रुपमा लिनु हुँदैन’ । मेयर वनले आफ्नो स्वास्थ्य लाभको कामना गर्नु सबैप्रति आभार प्रकट गरेका छन् ।

प्रतिक्रिया