सवारी दुर्घटनामा परी एक वर्षीय बालकसहित एकै परिवारका तीन जनाको मृत्यु

काठमाडाैं । बाराकाे जितपुर सिमरा उपमहानगरपालिका-१ स्थित सडक दुर्घटनामा तीन जनाकाे मृत्यु भएकाे छ ।

ना४ ख ७२४२ नम्बरको बसले पथलैयाबाट निजगढतर्फ जाँदै गरेको प्रदेश २-०३-००४ प ४४४२ नम्बरको स्कुटरलाई आइतबार दिउँसो ठक्कर दिँदा स्कुटरमा सवार एकै परिवारका ३ जनाको घटनास्थलमै मृत्यु भएको हाे ।

मृत्यु हुनेहरुमा स्कुटर चालक निजगढ नगरपालिका-१० लाल बस्ने २६ वर्षीय तिर्थ मान स्याङ्तान, उनकी श्रीमती २३ वर्षीया ज्योती स्यङ्तान र उनका करिब १ वर्षीय छोरा रहेका छन् ।

फरार बस चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया