भरुवा बन्दुक सहित तेह्रथुमका लिम्बु पक्राउ
२०७७ असोज १२ गते

प्रतिकात्मक तस्वीर
काठमाडौं । तेह्रथुमकाे फेदाप गाउँपालिका-२ नेवाई बस्ने ४९ वर्षीय चन्द्र कुमार लिम्बुलाई १ थान भरुवा बन्दुक र २ थान बन्दुकमा बारुद भर्न प्रयोग हुने फलामको गज सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी ओयाकजुङबाट खटिएको प्रहरीले लिम्बुको घर तलासी गर्दा गोठमा लुकाई छिपाई राखेको उक्त हातहतियार फेला पारी उनलाई पक्राउ गरेको हो ।
त्यस्तै दोलखा, बैतेश्वर गाउँपालिका-२ योन्जन टोल नजिक जंगलमा लुकाई छिपाई राखेको अवस्थामा १ नाल भरुवा बन्दुक फेला पारी आइतबार प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी गैरीमुदीबाट खटिएको प्रहरीले उक्त बन्दुक बरामद गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेकाे जनाइएकाे छ ।
२०७७ असोज १२ गते
प्रतिक्रिया








