देउवाविरुद्ध पौडल समूह : पार्टी कार्यालयमा विरोधपत्र दर्ता गर्दै

काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको समूहले सोमबार (आज) विरोधपत्र दर्ता गर्ने भएको छ । सभापति शेरबहादुर देउवाले गरेका पछिल्ला निर्णय सच्याउन माग गर्दै विरोधपत्र दर्ता गराउने भएको हो ।

पौडेल समूहका २७ नेताद्वारा हस्ताक्षरित विरोधपत्र दिउँसो १ बजेपछि पार्टी कार्यालयमा दर्ता गरिने पौडेल समूह केन्द्रीय सदस्य नविन्द्रराज जोशीले जानकारी दिए ।

सभापति देउवाले क्रियाशील सदस्यता वितरण, विभाग गठन र विस्तारका काम विधान मिचेरै आफूखुसी गरेको भन्दै पछिल्लो समयमा गरिएका निर्णय सच्याउनुपर्ने माग पौडेल समूहले राख्दै आएको छ ।

विरोधपत्रमा कृष्णप्रसाद सिटौला समूहलाई जोड्ने प्रयास असफल भएपछि आइतबार अन्तिम चरणमा आएर विरोध पत्र दर्ताको कार्यक्रम स्थगित भएको थियो ।

प्रतिक्रिया