‘यस्तो शिक्षामन्त्री चाहिँदैन, गणित हटाउन पाइँदैन’

काठमाडौं । हिजो शनिवार माइतीघर मण्डलामा गणित समाजले आन्दोलन गरेको थियो । उक्त आन्दोलमा गणित समाजलगायत गणित प्रेमीहरुले गणित हटाउन पाइँदैन भनेर विरोध गरेका थिए । आन्दोलको नारा थियो, ‘यस्तो शिक्षामन्त्री चाहिँदैन, गणित हटाउन पाइँदैन’ ।

नेपाल गणित समाज, गणित शिक्षा परिषद्, नेपाल गणित केन्द्र, गणित विज्ञान ट्रष्ट, नेपाल, ओनिम्स, म्याथ्म्याटिकल एसोसिएसन अफ नेपाल आन्दोलनमा उत्रिएको हो । मण्डलामा भेला भएर उनीहरूले विरोध प्रदर्शन गरेका हुन् । लामो समयदेखि सरकारले ११ र १२ कक्षाबाट गणित हटाउन लागेको भन्दै गणित प्रेमीहरुले आन्दोलन सुरु गरेका छन् ।

नेपाल गणित समाजका सहसचिव तथा केन्द्रीय गणित विभागका उपप्रध्यापक डा. जीवन काफ्लेले गणित विना शिक्षा नै अपुरो हुने बताए । शिक्षामन्त्रीले नै गणितको महत्व नबुझेकाले हामी आन्दोल गर्न बाध्य भएको उनको भनाइ छ । विश्वमा गणितको महत्व वृद्धि हुँदै गएका समय नेपालमा गणित नै हटाउन लागिपरेका छन् । गणित विनाको उत्पादित जनशक्ति उच्च शिक्षा अध्ययनका लागि विश्व बजारमा प्रतिस्पर्धा गर्न अक्षम उनले बताए ।

‘यसले राष्ट्रलाई दीर्घकालीन रुपमा अधोगतितिर उन्मुख गराउने स्पष्ट छ । गणित विषयको सर्वव्यापी भूमिकालाई कमजोर तुल्याउने, विद्यार्थीले मौलिक रूपमा चयन गरी अध्ययन गर्न पाउनुपर्ने अधिकारलाई संकुचन गर्ने, क्याम्पसमा विज्ञान तथा प्रविधि आदि विषय अध्ययनका लागि विश्वविद्यालयीय शर्तहरुको कुनै वास्ता नगरी एक पक्षीय रुपमा पाठ्यक्रम प्रारुप बनाई विश्वविद्यालयहरुमा प्रवेश गर्न चाहने विद्यार्थीहरुको भविष्यप्रति खेलवाड गर्न खोजिरहेको छ,’ काफ्लेले भने ।

विज्ञान विषयमा गणित नहुँदा के हुन्छ ?

विज्ञान विषयको भाषा नै गणित हो । विना भाषाको सिकाइको कल्पनै गर्न सकिँदैन । गणित, विज्ञानको आधार र मेरुदण्ड दुवै हो । विज्ञान गणितबाट सुरु हुने हो । विज्ञानका मोडल र इकोइसनमा गणित नै हुन्छ । विज्ञानको जुनसुकै विषयमा र क्षेत्रमा गणित हुन्छ । विज्ञानबाट गणित हट्यो भने विद्यार्थीले विज्ञान पढ्नै सक्दैनन् ।

 

प्रतिक्रिया