भारतबाट ट्रकमा लोड गरी ल्याउँदै गरेको राँगा सुनसरीको इनरुवाबाट बरामद

इनरुवा । सुनसरीको नाकाबाट दैनिक भारतबाट भन्सार छलेर अबैध रुपमा भित्रिने राँगा(पाडा) प्रहरीले शनिबार इनरुवामा बरामद गरेको छ । सुनसरी भन्सार कार्यालय र पशु क्वारेन्टाईन चेकपोष्टलाई छलेर भारतबाट अबैध रुपमा सुनसरी हुदै झापा लाँदै गरेको प्रदेश १–०२००१ ख ८१५६ नं. ट्रक सहित एक दर्जनबढी राँगा(पाडा) बरामद भएको बुझाईएको छ ।

प्रहरी समाचार स्रोतका अनुसार भारतबाट ल्याएको राँगा सुनसरीको लौकहीमा ट्रकमा लोड गरी झापा तर्फ लैजादै गर्दा इनरुवामा चेकजाँचको क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीले बरामद गरेको हो । अबैध रुपमा भारतबाट ल्याएको बराहक्षेत्र नगरपालिकामा खरिद गरिएको राँगाको नक्कली बिल देखाई अबैध रुपमा झापा तर्फ लाँदै गर्दा प्रहरीले प्रदेश १–०२००१ ख ८१५६ नं. ट्रक सहित राँगा नियन्त्रणमा लिएको बुझिएको छ ।

सुनसरीको भारतीय सिमा आसपासका क्षेत्रहरुमा प्रहरीले कडाई गर्दै आएको छ । तर पनि अवैध आयात भने अझै रोकिएको छैन । सुनसरीको नेपाल–भारत सीमाबाट दैनिक रुपमा अबैध रुपमा पाडा लगायतका अन्य मासुजन्य पदार्थ भित्रिने क्रम रोकिएको छैन ।

भारतबाट अबैधबाटाे हुँदै आएको अवैध राँगा आयातका कारण सुनसरीका ब्यबसायीको ब्यबसाय चौपट भएको ब्यबसायीको भनाई छ । खुला सीमानाका कारण भारतबाट दैनिक रुपमा सयौंको संख्यामा राँगा (पाडा) हरु अवैध रुपमा भित्रिने गरेकोले उनिहरुले सस्तोमा बिक्रि गर्दा ब्यबसाय धरापमा परेको जनाएको छ ।

प्रतिक्रिया