कोरोना संक्रमणबाट थप ८ जना बिते, बित्नेको संख्या ४६७ पुग्यो
२०७७ असोज १० गते

सांकेतिक तस्वीर। मकालु खबर।
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कूल मृतकको संख्या ४ सय ६७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसैबीच गत २४ घण्टामा विभिन्न जिल्लामा १ हजार २ सय ७ जना नयाँ संक्रमित थपिएका छन् ।
आजको थप अपडेटसँगै देशभर संक्रमितको संख्या ७१ हजार ८ सय २१ पुगेको बताए ।
संक्रमितमध्ये ५३ हजार १३ जना निको भएर घर फर्किएका छन् भने ४ सय ६७ जनाको ज्यान गएको छ ।
२०७७ असोज १० गते
प्रतिक्रिया
सम्बन्धित








