१,२०७ जना नयाँ संक्रमित थपिए : स्वास्थ्य मन्त्रालय

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या निरन्तर रुपमा बढेको बढ्यै छ । यसैबीच गत २४ घण्टामा विभिन्न जिल्लामा १ हजार २ सय ७ जना नयाँ संक्रमित थपिएका छन् ।

शनिबार (आज) नियमित कोरोना ब्रिफिङ्गमार्फत् स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएका जानकारीअनुसार देशैभर १ हजार २ सय ७ जनामा संक्रमण पुष्टि भएको हो ।

आजको थप अपडेटसँगै देशभर संक्रमितको संख्या ७१ हजार ८ सय २१ पुगेको बताए । यस्तै गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ११४७ छ ।

संक्रमितमध्ये ५३ हजार १३ जना निको भएर घर फर्किएका छन् भने ४ सय ६७ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया