चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु

चितवन । चितवनमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा शुक्रबार राती हेटौंडा ९ का ७४ बर्षिय पुरुषको मृत्यु भएको हो ।

कोरोना संक्रमित पुरुषको राती १२ः३० बजे मृत्यु भएको चितवन मेडिकल कलेजले पुष्टि गरेको छ । असोज ३ गते मेडिकल कलेजमा भर्ना भएका ती पुरुषमा ८ गते कोरोना पुष्टि भएको थियो । चितवनमा अहिलेसम्म मृत्यु भएका ३७ जनामा चितवनका मात्रै १८ जना रहेका छन् ।

प्रतिक्रिया