आजबाट मुलुकको भौसम सुधारतर्फ जाँने अनुमान, आज कता कता पानी पर्ला ?

काठमाडौं । आज शनिबारबाट मुलुकको मौसम सुधारतर्फ जाने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल भारतको बिहारमा न्युन चापीय क्षेत्र रहेको उक्त न्युन चापिय क्षेत्र उत्तर पुर्व सर्दैछ । जसका कारण नेपालमा हल्का देखि मध्यम वर्षाहरु भइरहेको छ । केहि दिन यता राजधानीसँगै देशका विभिन्न भूभागहरुमा भइरहेको भारी वर्षा आजबाट विस्तारै कम भएर जाने अनुमान छ ।

काठमाडौं उपत्यकामा आज विहान भने वर्षा हुन सक्ने अनुमान छ । असोजको मध्ये आइपुग्दा समेत असार साउनको जस्तो लगातार वर्षा भइरहेकोमा आजबाट मौसम सुधारोन्मुख भएको छ ।

हाल कर्णाली प्रदेश, सुदुर पश्चिम र प्रदेश नं ५ मा आंशिक बदली र बाँकी प्रदेशमा सामान्य बदली रही देशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ । प्रदेश न. १, बागमति प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक दुई स्थानमा हल्का बर्षा भइरहेको महाशाखाको भनाई छ ।

आगामी तीन दिनको मौसम सामान्य बदली रहि केही स्थानहरुमा हल्का तथा भारी वर्षा हुने अनुमान छ ।
आज असोज १० गते शनिबार दिउँसो प्रदेश नं. १, प्रदेश नं २, बागमती प्रदेश, र गण्डकी प्रदेशमा सामान्य बदली रही केही स्थानहरूमा तथा प्रदेश नं. ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही एक दुइ स्थानमा मेग गर्जनर चट्याङ्ग सहित हल्का देखि वर्षाको सम्भावना रहेको छ । प्रदेश नं. १ र प्रदेश नं. २ को केही स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ ।

यसैगरी आजै राती प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही केही स्थानहरूमा तथा प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही एक दुइ स्थानमा मेघ गर्जन चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र गण्डकी प्रदेशका एक दुइ स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकोले महाशाखाले आम सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ ।

प्रतिक्रिया