गोदावरीका मेयरलाई पनि कोरोना संक्रमण

काठमाडाैं । ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनलाई कोरोना भाइरस (काेभिड १९) संक्रमण भएको छ । शुक्रबार आएको रिपोर्टमा उनीमा कोरोना संक्रमण देखिएको हो ।

ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलाई पनि कोरोना संक्रमण भएको छ । महानगरका प्रवक्ता राजु महर्जनले मकालु खबरसँगकाे कुराकानीमा यसबारे पुष्टि गरेका हुन् । अहिले दुवै जना हाेम आइसोलेसनमा छन् ।

यसअघि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई पनि कोरोना संक्रमण पुष्टि भएकाे थियाे । उनी हाल उपचारपछि निकाे भएर फर्किसकेका छन् ।

प्रतिक्रिया