स्वास्थ्य मन्त्रालयकाे सुझाव : यस्ता व्यक्तिले मात्रै काेराेना परीक्षण गराैँ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षण देखिएका तथा गम्भीर बिरामीहरूले मात्रै काेराेना भाइरस (काेभिड १९) परीक्षण गर्न अनुराेध गरेकाे छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले शुक्रबारकाे प्रेस ब्रिफिङका क्रममा लक्षण नदेखिएकाले कोरोना परीक्षण नगर्न र नगराउन आग्रह गरेका हुन् । श्वासप्रश्वासमा समस्या भएका, ज्वरो तथा सुख्खा खोकी लागेका, झाडापखाला लागेका, कुनै स्वाद वा गन्ध थाहा नपाउनेहरुको पिसिआर परीक्षण गर्न, गराउन सरकारले अनुराेध गरेकाे हाे ।

त्यस्तै आइसीयूमा रहेका, अग्रपंक्तिमा रहेर काम गर्नेहरू, ६० वर्ष नाघेका नागरिकहरूले पनि परीक्षण गराउन सुझाव दिइएकाे छ । त्यस्तै संक्रमितको सम्पर्कमा आएकाहरुलाई ५ दिनपछि परीक्षण गर्न सरकारले भनेको छ।

पुरा जानकारी  :

प्रतिक्रिया