ललितपुरका मेयरलाई कोरोना संक्रमण पुष्टि

काठमाडाैं । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई कोरोना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ । महानगरका प्रवक्ता राजु महर्जनले मकालु खबरसँगकाे कुराकानीमा यसबारे पुष्टि गरेका हुन् ।

 

प्रवक्ता महर्जनका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि मेयर महर्जनले पाटन अस्पतालमा स्वाब परीक्षण गराएका थिए । शुक्रबार उनकाे रिपाेर्ट पाेजेटिभ आएकाे हाे ।

‘उहाँ काेराेना संक्रमण भएकाे भनेर माेबाइलमा म्यासेज आएको छ । रिपोर्ट भने लिन बाँकी छ । स्वास्थ्य अवस्था सामान्य नै छ । अहिले उहाँ हाेम आइसोलेसनमा हुनुहुन्छ’, मकालु खबरसँग उनले भने, 

प्रतिक्रिया