शुक्रबार थप १३१३ जनामा संक्रमण पुष्टि, संक्रमित संख्या ७० हजार नाघ्याे
२०७७ असोज ९ गते

सांकेतिक तस्वीर। मकालु खबर।
काठमाडौं । नेपालमा काेराेना भाइरस (काेभिड १९) संक्रमितकाे संख्या ७० हजार ६१४ पुगेकाे छ । आज (शुक्रबार) थप एक हजार ३१३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या ७० हजार नाघेकाे हाे ।
यस्तै पछिल्लाे २४ घण्टामा देशभरबार एक हजार ४५५ जना संक्रमित डिस्चार्ज भएका छन् । याेसँगै निकाे हुनेकाे संख्या ५१ हजार ८६६ पुगेकाे छ । आज क्वारेन्टिनमा ६ हजार ४६४ जना रहेका छन् । १८ हजार २८९ सक्रिय संक्रमितकाे उपचार चलिरहेकाे छ । सक्रिय संक्रमितमध्ये १० हजार ५२ जना होम आइसोलेसनमा छन् ।
यस्तै पछिल्लो २४ घण्टामा थप ६ जना संक्रमितकाे मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिए । योसँगै मृतक संख्या ४५३ पुगेको छ ।
यसैगरी पछिल्लाे २४ घण्टामा १२ हजार २६२ काे पीसीआर परीक्षण भएकाे छ ।
२०७७ असोज ९ गते
प्रतिक्रिया
सम्बन्धित









