आइपिएलमा बैंगलोरको लज्जास्पद हार

काठमाडौं । किङ्स इलाभेन पन्जाबले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टीट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ । गएराती राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ९७ रनले पराजित गर्दै पन्जाबले पहिलो जित निकालेको हो ।

पञ्जाबले दिएको २०७ रनको लक्ष्य पछाएको बैंगलोर १७ ओभरमा केवल १०९ रन बनाएर अलआउट भयो । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको पञ्जाबले २० ओभरमा ३ विकेट गुमाउदै २०६ रन बनाएको थियो ।

यो जितसँगै पञ्जाबले दोस्रो खेलमा जित हासिल गरेको छ। शतकीय पारी खेलेका पञ्जाबका कप्तान केएल राहुल खेलको प्लेयर अफ द म्याच बनेका थिए । आइपिएल अन्तर्गत आज दिल्ली क्यापिटल र चेन्नई सुपरकिंग्सबीच खेल हुँदैछ ।

यो पनि : आइपिएलमा केएल राहुल सिजनकै पहिलो शतक

प्रतिक्रिया