आइपिएलमा केएल राहुल सिजनकै पहिलाे शतक

काठमाडौं। इन्डियन प्रिमियर लिग आइपिएलमा भारतीय ब्याट्सम्यान केएल राहुलले शतक बनाएका छन । रोयल च्यालेन्जर्स बैलोर विरुद्धको जारी खेलमा किंग्स इलेभेन पंजाबका राहुलले यो सिजनकै पहिलो शतक बनाएका हुन ।

उनले ६९ बलको सामना गर्दै १३२ रन बनाए । प्रतियोगिताको पहिलो खेल गुमाएको किंग्स इलेभेन पंजावले बैलोरलाइ २०७ रनको लक्ष्य दिएको छ । निर्धारित २० ओभरमा पंजाबले ३ बिकेट गुमाएर २०६ रनको उच्च स्कोर बनाए पछि बैंलोरले सो लक्ष्य पाएको हो ।

खेलकाे १९ औं ओभरमा डेल स्टेनले ३ छक्का र २ चौका सहित कुल २९ रन खर्चेका थिए ।

त्यसअघि राहुललाई कोहलीले दुई पटक क्याच छोड्दै जीवनदान दिएका थिए । १७ औं ओभरको अन्तिम बलमा राहुलको ब्यक्तिगत ८३ रनमा जीवनदान पाएका थिए । डेल स्टेनको बलमा ठूलो सट खेलेका राहुललाई कोहलीले डीप मिडविकेटमा क्याच छोड्न पुगेका थिए । १८ औं ओभरको अन्तिम बलमा पनि कोहलीले क्याच छोडेका थिए ।

प्रतिक्रिया