चितवनमा थप ६५ जनामा कोरोना संक्रमण

भरतपुर । चितवनमा बिहीबार थप ६५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेज कोभिड ल्याबमा गरिएको परीक्षणमा चितवनका ५० जनासहित ६५ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण भएका मध्ये भरतपुरका २७, खैरहनिका ११, रत्ननगरका ९ जना, राप्तिको २ जना र कालिकाका १ जना छन । बाँकी अन्य जिल्लाका छन् ।

बुधबार राती १४० जनामा कोरोना पुष्टि भएको थियो । जस मध्ये रत्ननगरका मात्र ७६ जना थिए । चितवनमा काेराेना संक्रमित हुनेकाे संख्या १६ सय नाघेकाे छ ।

प्रतिक्रिया