कुुकुरले सुँघेर पत्ता लगाउँछ कोरोना, अब किन पैसा खर्च गर्ने ?

काठमाडौं । हामीले अस्पताल गएर कोरोनाको चेकजाच गरिरहेका छौं । तर फिनल्यान्डको हेलसिन्की विमानस्थलमा परिचालित १० वटा कुकुर साँच्चै अनौठा छन् । विमानस्थल सञ्चालक फिनाभियाका अनुसार मंगलबारबाट सुुँघेर कोरोना भाइरस पत्ता लगाउने कुकुरहरुको समूह यहाँ परिचालन गरिएको छ ।

‘कोरोना जित्नका लागि यो एक अतिरिक्त कदम हुनसक्छ,’ हेलसिन्की विमानस्थलका निर्देशक उल्ला लेट्टीजेफले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । युरोपमा कोरोना भाइरसविरुद्धको लडाँइमा कुुकुर प्रयोग गरिएको यो पहिलो अवसर हो ।

फिनाभियाका अनुसार तालिमप्राप्त कुकुरहरुले १ सय मोलेक्लुस वा त्यसभन्दा पनि कम कण पत्ता लगाउन सक्छन्, जो पिसिआर परीक्षणमा प्रयोग हुने १९ मिलियन मोलेक्लुसको दाँजोमा निकै कम हो । हेलसिन्की विश्वविद्यालयले गरेको अध्ययनअनुसार कुकुरले भाइरस पहिचान झन्डै १ सय प्रतिशत नै सही गर्छ । जबकी, पिसिआरले सही नतिजा दिने दर ६६ देखि ८० प्रतिशत छ ।

यसअघि दुुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सुँघेर कोरोना भाइरस पत्ता लगाउने कुकुरहरु यसरी नै परिचालन गरिएको थियो, जहाँ ९१ प्रतिशत सही नतिजा निस्किएको थियो । विमानस्थलका सञ्चालकहरुका अनुसार परीक्षण ल्याबको दाँजोमा कुकुुरले अझै चाडों अर्थात् संक्रमित व्यक्तिले लक्षण देखाउनुुअघि नै संक्रमित पहिचान गर्छ ।

एजेन्सी

प्रतिक्रिया