पाल्पामा पनि पहिरोले ३ घर बगायो, १ को मृत्यु, ५ बेपत्ता

काठमाडौं । पाल्पाको रम्भा गाउँपालिका वडा नं २ को बेलौजा र सुरुगा डाँडामा पहिरो जाँदा ३ घर बगाएको छ । ३ घर पहिरोले बगाउँदा मुदीसारा गाहाको मृत्यु भएको छ भने अन्य ५ जना बेपत्ता भएका छन् ।

रम्भा गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारीले मकालु खबरलाई दिएको जानकारीअनुसार गाउँपालिकाको नं. वडामा ३ घर पहिरोले बगाएको छ । पहिरोमा परी मुदीसारा गाहामो मृत्यु भएको र अन्य ५ जना बेपत्ता भएको भण्डारीले बताए ।

‘म बिहान ६ बजेदेखि हिँडेर घटनास्थल पुग्न लागेको छु । त्यहाँको अवस्था हेरेर बस्ती स्थानान्तरण गर्छौँ । मिलेसम्म अन्य गाउँमा र त्यो सम्भव नभए विद्यालयमा राखिने छ,’ भण्डारीले मकालु खबरसँग भने ।

हुमबहादुर गाहाको परिवारका पाँच जना बेपत्ता भएका भएका छन् । बेपत्ता हुनेहरूमा एकजना पुरुष, २ महिला र २ बालिका रहेका छन् । बुधबार राति अविरल वर्षापछि बेलौजा स्वास्थ्य चौकी नजिकै माथिल्लो भागबाट खसेको ठूलो पहिरोले घर पुरिएको हो ।

उद्धारका लागि जिल्ला प्रहरी कार्यालय, पाल्पाको टोली घटनास्थल पुगेको छ ।

प्रतिक्रिया