सामाजिक विकास मन्त्रालयले माग्यो २३७ नर्स (सूचना सहित)

काठमाडौं । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले २३७ जना विद्यालय नर्स माग गरेको छ । मन्त्रालयले आज एक सूचना प्रकाशित गरी आर्थिक वर्ष ०७७/०७८ को स्वीकृत कार्यक्रम अनुसार करारमा विद्यालय नर्स माग गरेको हो ।

मन्त्रालयले पाँचौ तह विद्यालय नर्स ११८ स्थानीय तहका लागि प्रति स्थानीय तह २ जना नर्स तथा गोसाईकुण्ड गाउँपालिकाका लागि एक जना नर्स गरी २३७ जना नर्सको दरखास्त आब्हान गरेको छ ।

मन्त्रालयले माग गरीएका नर्सहरुले स्थानीय तहका तोकिएका विद्यालयहरुमा काम गर्नुपर्ने भनेको छ । एक उम्मेदवारले एक स्थानीय तहमा मात्र उम्मेदवार हुन पाउने प्रावधान छ ।

यसैगरी मन्त्रालयले सातौं तहको एक जना कार्यक्रम संयोजक पनि माग गरेको छ भने, सातौं तहकै विद्यालय नर्स संयोजकका रुपमा एक जना नर्सिङ अधिकृत पनि माग गरेको छ ।

सुचना अनुसार सातौं तहको एक जना सिभिल इन्जिनियर पनि माग गरीएको छ । इच्छुक उम्मेदवारले असोज २८ गतेसम्ममा अनलाइन दरखास्त दिन सक्नेछन् ।

हेर्नुहोस सूचना

प्रतिक्रिया