प्रदेश लोक सेवा आयोगले प्रदेश प्रमुखलाई बुझायाे वार्षिक प्रतिवेदन

  • पप्पु यादव

काठमाडाैं । प्रदेश लोक सेवा आयोगले प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन बुझाएका छन् । प्रदेश प्रमुख तिलक बहादुर परियारलाई आयोग प्रमुख सुरेन्द्रप्रसाद यादवले मंगलबार आर्थिक वर्ष ०७६/७७ प्रथम वार्षिक प्रतिवेदन बुझाएका हुन् ।

आयोगले प्रतिवेदनमा २२ बुँदे उपलब्धि हाँसिल गरेको देखाएका छन् । प्रतिवेदनमा आयोगले विभिन्न सेवाका लागि २३ वटा पाठ्यक्रम मस्यौदा निर्माण गरेको, कर्मचारी अचार संहिता बनाएको, प्रदेश लोक सेवा आयोग नियमावली बनाएपनि राजपत्रमा प्रकाशन नभएको कामलाई प्रतिवेदनमा समावेश गरेका छन् ।

प्रतिवेदनमा उल्लेख भए अनुसार आयोगले काजमा कर्मचारी खटाएको, एक वर्षको अवधिमा २८ पटक बैठक बसेको र आयोगले पारिश्रमिक दर रेट स्वीकृत गरेको, कार्यालय सञ्चालन निर्देशिका बनाए पनि छलफलकै क्रमम रहेको कामलाई पनि प्रतिवेदनमा राखेका छन् । प्रतिवेदनमा कार्यालयले सुचना प्रवाहको लागि आधिकारिक वेबसाइट सञ्चालनमा ल्याएको र आयोगबारे जानकारी दिन पम्पलेट तयार पारेको कामलाई पनि उपलब्धि भनिएकाे हो ।

दक्ष र विज्ञको सूचीमा नाम समावेश गराउन पत्रिकामा विज्ञापन गरेको र प्राप्त निवेदनलाई कम्प्युटरमा प्रविष्ट गर्ने काम बाँकी रहेको कामलाई समेत प्रतिवेदनमा समावेश गरेका छन् ।

प्रतिवेदनमा प्रदेश प्रमुखसँग ध्यानाकर्षण र सुझावको अपेक्षा आयोगले मागेका छन् । लोकसेवा आयोगलाई काम गर्न सहज नरहेको प्रदेश प्रमुख परियारले बताए । प्रदेश लोकसेवा आयोगले गराएको ध्यानाकर्षण र सुझावलाई सम्बन्धित निकायसमक्ष समयमै राख्ने जानकारी दिए । प्रदेशमा कर्मचारीको पदपुर्ति प्रदेश लोक सेवा आयोगले नै गर्ने भन्दै उनले आयोगलाई विज्ञापन प्रकृया छिट्टो अगाडी बढाउन सुझाब समेत दिए ।

प्रतिक्रिया