वीपी प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमितको मृत्यु

काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना भाइरस (कोभिड १९) संक्रमितको मृत्यु भएको छ ।

सिरहाको औरी–३ का ५० वर्षीय पुरुषलाई विराटनगरको न्यूरो अस्पतालले वीपीको कोभिड अस्पतालमा रिफर गरेको थियो । कोभिड पोजेटिभ देखिएर र मस्तिष्कमा पक्षघात भइ पटक पटक टाउको दुख्ने, उल्टी आउने भएपछि रिफर गरिएको हो ।

असोज ६ गते पीसीआर पोजेटिभ देखिएका उनीलाई सोही दिन साँझ ६:४९ मा वीपीमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको असोज ७ गते राति पौने एक बजे मृत्यु भएको वीपीका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

प्रवक्ता सापकोटाका अनुसार शवको व्यवस्थापन हुँदैछ ।

प्रतिक्रिया