हाेष्टलमा विद्यार्थीहरू राखेर पठनपाठन सुरू गरेकाे अभियाेगमा सञ्चालिका श्रेष्ठ पक्राउ

कास्की । काेभिड १९ महामारी चलिरहेका बेला सरकारकाे निर्णयविपरित हाेस्टल खाेलेर पठनपाठन सुरू गरेकाे भन्दै एक हाेष्टल सञ्चालिका पक्राउ परेकी छिन् ।

सरकारी निर्णय उल्लंघन गरी पोखरा महानगरपालिका-४ गैह्रापाटनस्थित अलब्राईट होष्टलमा विद्यार्थीहरू राखेर पठनपाठन समेत गरी सञ्चालन गर्ने होष्टल सञ्चालिका पोखरा महानगरपालिका-८ न्युरोड घर भएकी ३२ वर्षीया सनसरी श्रेष्ठलाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको हाे ।

कोरोना भाईरस (कोभिड-१९) को रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारद्वारा निषेधित होष्टल, स्कुल, व्यामशाला, धार्मिक स्थलहरु, बढी भिडभाड हुने स्थानहरु सञ्चालन नगर्ने/नगराउने निर्णय विरुद्धमा कार्य गरेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय कास्की पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रतिक्रिया