बर्दियाका काेराेना संक्रमित पुरूषकाे बाँकेमा मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट बर्दियाका एक पुरुषको मृत्यु भएको छ ।

बर्दियाको ठाकुरद्वारा नगरपालिका वडा नम्बर ७ निवासी ६४ वर्षीय पुरुषको मंगलबार दिउँसो ४ बजे मृत्यु भएको हो । उनको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो ।

उनलाई असोज ४ गते बिहान अस्पताल भर्ना गरिएको थियो । असोज ५ गते पिसिआर परीक्षणका गर्दा उनको रिपोर्ट पोजेटिभ आएको हो । उनको फोक्सोको देब्रे भागमा निमोनियाको गम्भीर संक्रमण देखिएको थियो । यसैका कारण मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया