सुदूरपश्चिममा ५ हजार ७ सय बढी निको भए, कति छन् संक्रमित ?

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा ५ हजार ७ सयभन्दा बढी कोरोना संक्रमित निको भएका छन् । प्रदेशका ९ वटै जिल्लामा गरी ५ हजार ७ सय ६७ संक्रमित निको भएर घर फर्किएका हुन् ।

सबैभन्दा धेरै संक्रमित रहेको कैलालीका १ हजार ६ सय ८७ जना निको भएर घर फर्किएको प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले जानकारी दिए । डोटीका ९ सय ३४, अछामका ९ सय १२ र कञ्चनपुरका ७ सय १२ जना संक्रमित निको भएका छन् ।

यसैगरी बाजुराका ४ सय ४२ जना, बझाङका ३ सय ८८, बैतडीका ३ सय २६, डडेल्धुराका ३ सय १६ र दार्चुलाका ४५ जना संक्रमित पनि निको भर घर फर्किएका छन् । प्रदेशमा संक्रमितको संख्या ६ हजार ९ सय नाघेको छ भने संक्रमितमध्ये १५ जनाको मृत्यु भईसकेको छ ।

प्रतिक्रिया