शशांक कोइरालाको सरकारलाई प्रश्नः तानाशाही हर्कत किन ?

काठमाडौं । सत्याग्रही डा. गोविन्द केसीलाई प्रहरी प्रशासनले अपहरणको शैलीमा त्रिभुवन विमानस्थलबाट ट्रमा सेन्टर ल्याएको प्रति कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले खेद प्रकट गरेका छन् ।

डा. कोइरालाले लोकतन्त्रमा जवाफदेहिता महत्वपूर्ण हुन्छ भन्दै डा. केसीमाथि सरकारले देखाएको रवैया निरंकुश शैली भएको बताएका छन् । साथै उनले सरकार तानाशाही किन ? भन्दै सरकार प्रति प्रश्न गरेका छन् ।

‘८ औं दिनसम्म नागरिक सत्याग्रह गरिरहनु भएका डा. गोबिन्द केसीको मागप्रति कुनै सम्बोधन नगर्ने सरकारको रवैया आपत्तिजनक छ । नागरिकको आवाज दबाउने निरकुंश शैलीबाट उहाँ प्रति गरिएको हस्तक्षेप खेदजनक र दुखद छ ।’ डा.शशांकले भनेका छन् ।

उनले विगतमा सरकार सँग गरेका सम्झौताहरूको तत्काल कार्यान्वयन गरी सत्याग्रही डा. केसीको जिवन रक्षा गर्न पनि सरकारसँग माग गरेका छन् ।

डा. केसीलाई जुम्लामा अनसन बस्दै गर्दा स्वास्थ्यमा समस्या आएपछि काठमाडौं ल्याइएको थियो । उनी उपचार र अनसनका लागि शिक्षण अस्पताल जाने तरखर गर्दैगर्दा त्रिभुवन विमानस्थलबाटै प्रहरीले जवरजस्ती ट्रमा सेन्टरमा ल्याएको थियो ।
साँझ भने डा. केसी शिक्षण अस्पताल नै गएका छन् ।

प्रतिक्रिया