प्रदेश १ मा १ सय ६६ सङ्क्रमित थपिए, ३७ डिस्चार्ज

विराटनगर । प्रदेश १ मा आज (मङ्गलवार) १ सय ६६ कोरोना सङ्क्रमित थपिएका छन् । सुनसरीमा ७६, मोरङमा ५६, झापामा २४, सङ्खुवासभामा ३, ते¥हथुममा १ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार सुनसरीको धरानमा ३४ जनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमण देखिएकामा १९ महिला र १५ पुरुष छन् । सुनसरीकै दुहवीमा ८ महिला १२ पुरुष, इटहरीमा ८ महिला १२ पुरुष, रामधुनीमा २ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
मोरङको बुढीगंगामा ८ महिला १५ पुरुष, विराटनगरमा ११ महिला १० पुरुष, बेलबारीमा ५ महिला ३ पुरुष, रंगेलीमा २ ,जहदामा १ पुरुष, पथरीशनिश्चरेमा १ महिला, झापाको दमकमा ७ महिला ९ पुरुष, मेचीनगरमा २ महिला १ पुरुष, भद्रपुरमा २ पुरुष, अर्जुनधारामा १ पुरुष, कमलगाउँपालिका र स्थानीय तह नखुलेका १–१ महिलामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
उता सङ्खुवासभाको खाँदवारिमा २ र सभापोखरीमा १ पुरुष, ते¥हथुमको छथरमा १ पुरुष र प्रदेश १ बाहिरका २ महिला ४ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ५ हजार ८५९ पुगेको छ ।
प्रदेश १ मा आज ३७ जना डिस्चार्ज भएका छन् । वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २७, उद्योग वाणिज्य सङ्घ आइसोलेसन ताप्लेजुङबाट ३, होम आईसोलेसनबाट ५, विराट मेडिकल र न्युरो अस्पतालबाट १–१ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा डिस्चार्ज हुनेको सङ्ख्या २ हजार ५९१ पुगेको छ ।
प्रदेश १ मा आज १ हजार ३३६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ७३ महिला र ९३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हाल सम्म १ लाख १७ हजार ८ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया