नागरिक दैनिकका पत्रकार, कर्मचारी र मजदुरको पाँच दिने सत्याग्रह

 

काठमाडौ । नागरिक दैनिकमा कार्यरत पत्रकार, कर्मचारी र मजदुरले पेशागत रक्षाका लागि पाँच दिने सत्याग्रह सुरू गरेका छन्। नागरिक दैनिकले नियमित रूपमा पारिश्रमिक नदिएको तथा जानकारी बिना नै जागिरबाट निकालेको भन्दै सोमबारदेखि सत्याग्रह सुरू भएको हो।

काठमाडौं बागदरबारमा रहेको कार्यालय अगाडि नागरिक दैनिकको तेस्रो पृष्ठ हेर्दै आएका नाइट डेस्कमा कार्यरत् सुविद गुरागाईं सत्याग्रह बसेका छन्। अन्य कर्मचारी, पत्रकार, मजदुरहरुले पनि उनलाई साथ दिएका छन् ।

सत्याग्रहमा नेपाल पत्रकार महासंघले पनि ऐक्यवद्धता जनाएको छ। कोरोनाका बाहनामा प्रकाशन गृहले पत्रकार, कर्मचारी र मजदुरलाई पूर्वजानकारीविनै निष्कासन गरिएकोले समस्या समाधान गर्न पटकपटक आग्रह गरिएको पत्रकार महासंघले जनाएको छ ।

गत फागुन ३ गते नै महासंघको बैठकले समस्या समाधान गर्न सञ्चारमाध्यम सञ्चालकहरूलाई आग्रह गरेको थियो।
समस्या समाधान नभएपछि श्रमजीवी पत्रकारहरूको सहभागितामा गत साउन १९ गते बबहरमहलमा पत्रकार महासंघको नेतृत्वमा प्रदर्शन समेत भएको थियो।

 

प्रतिक्रिया