डाक्टर केसीलाई ट्रमा सेन्टरबाट टिचिङ सारियो

काठमाडौं । मंगलबार विमानस्थलबाट जबरजस्ती राष्ट्रिय ट्रमा सेन्टर पुर्याइएका डा. गोविन्द केसीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएकाे छ ।

डा. केसीलाई ट्रमा सेन्टरबाट डिस्चार्ज गरेर करिब साँझ साढे ६ बजेतिर टिचिङ अस्पताल पुर्याइएकाे उनका सहयोगी डाक्टर प्रितम सुवेदीले जानकारी दिए ।

यसअघि त्रिभुवन विमानस्थलबाट डाक्टर केसीलाई प्रहरी परिचालन गरी ट्रमा सेन्टरमा लगिएको थियो । तर त्यहाँ प्रहरीले गुण्डागर्दी शैलीमा आफूलाई ट्रमा ल्याएको भन्दै त्यहाँ उपचार गर्न मानेका थिएनन् । टिचिङ नै लैजानुपर्ने अडान कसेपछि उनलाई साँझ ट्रमाबाट डिस्चार्ज गरिएकाे हाे । केसीमाथि प्रहरीले गरेकाे दुर्व्यवहारकाे सर्वत्र विराेध भएकाे थियाे ।

डा. केसीले पछिल्लो पटक भदौ २९ गतेदेखि जुम्लाबाट १९ औँ सत्याग्रह सुरु गरेका थिए ।

प्रतिक्रिया